बारा, २ असोज । पाँच वर्षीया नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले शुक्रबार बिहान बाराको पथलैयाबाट एक नाबालकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जीतपुरसिमरा उपमहानगरपालिका–१ पथलैयाका १४ वर्षीय नाबालक रहेका छन् । पीडित बालिकाको अभिभावकले प्रहरी घटनाबारे जानकारी गराएपछि नाबालक पक्राउ परेका हुन् ।
प्रहरी चौकी पथलैयाको प्रहरी टोलीले नाबालकलाई घरबाटै पक्राउ गरेको हो । पक्राउ परेका नाबालकलाई इलाका प्रहरी कार्यालय सिमराको हिरासतमा राखिएको छ । पक्राउ परेका नाबालकले आरोप स्वीकार समेत गरिसकेका प्रहरीले जनाएको छ ।
यसैबिच, अर्को एक छुट्टै घटनामा अर्की ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जना बृद्धलाई पक्राउ गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका–१९ इनर्वासिराकी ५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ६० वर्षीय हसनजान मियाँलाई पक्राउ गरेको हो ।
मिया विहीवार राति ९ः३० बजे पक्राउ परेका हुन् ।
Comments
Post a Comment