Menu

फागुनभित्रै स्थानीय तहको निर्वाचन गर्ने तयारीमा निर्वाचन आयोग

news-feed-2 |
November 08, 2026
Featured

काठमाडौं । आगामी फागुनभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्ने लक्ष्यसहित निर्वाचन आयोगले आवश्यक तयारी अघि बढाएको छ। कानुनी व्यवस्थाअनुसार बहालवाला जनप्रतिनिधिको कार्यकाल समाप्त हुनुभन्दा कम्तीमा दुई महिना अगावै निर्वाचन सम्पन्न गर्नुपर्ने प्रावधान रहेकाले आयोगले निर्वाचनको प्रारम्भिक तयारी थालेको हो।

 

यसअघि २०७९ साल वैशाख ३० गते देशभर एकै चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिहरूको कार्यकाल समाप्त हुने समय नजिकिँदै जाँदा आयोगले आगामी निर्वाचनलाई लक्षित गरी आवश्यक गृहकार्य सुरु गरेको जनाएको छ।

 

निर्वाचनका लागि आवश्यक आर्थिक स्रोत, जनशक्ति, निर्वाचन सामग्री, मतदाता व्यवस्थापन तथा प्राविधिक र प्रशासनिक पक्षबारे आयोगले अध्ययन गरिरहेको छ।

 

प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले आगामी स्थानीय तहको निर्वाचनका लागि आवश्यक स्रोतसाधन र व्यवस्थापकीय पक्षबारे अध्ययन तथा तयारी भइरहेको बताउनुभएको छ। उहाँका अनुसार निर्धारित समयभित्र निर्वाचन सम्पन्न गर्न आवश्यक सबै पक्षलाई प्राथमिकतामा राखेर आयोगले काम अघि बढाइरहेको छ।

 

स्थानीय तहको निर्वाचनमार्फत देशभरका गाउँपालिका, नगरपालिका तथा अन्य स्थानीय तहमा नयाँ जनप्रतिनिधि चयन हुने भएकाले आयोगको तयारीलाई महत्वका साथ हेरिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3