Menu

वार्नरको अर्धशतक र शतकिय साझेदारीका बाबजुद काठमाडौँ १६० रनमा समेटियो, लुम्बिनीलाई १६१ रनको लक्ष्य

news-feed-2 |
November 07, 2026
Featured

काठमाडौँ, २१ कात्तिक ।

अष्ट्रेलियाका दिग्गज ब्याटर डेभिड वार्नरको उत्कृष्ट अर्धशतकका बाबजुद नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको खेलमा काठमाडौँले साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६० रन बनायो। काठमाडौँलाई वार्नर र साहिल पटेलले पहिलो विकेटका लागि १०४ रनको शतकीय साझेदारी गर्दै विष्फोटक सुरुवात दिलाएका थिए। १२ ओभरमै विनाक्षति १०० रन पूरा गरेको काठमाडौँको पारी मध्य र तल्लो क्रमका ब्याटरहरू लडखडाउँदा थप ठूलो योगफल बनाउनबाट चुक्यो।

काठमाडौँका लागि ओपनर वार्नरले सर्वाधिक ६६ रनको योगदान दिए। ५० बलको सामना गरेका उनले ९ चौका र १ छक्का प्रहार गरे। अर्का ओपनर साहिल पटेलले ३६ बलमा ३८ रन बनाए। तल्लो क्रममा सहान अराचिगेले १५ बलमा अविजित ३४ रनको विष्फोटक पारी खेलेपछि टोली चुनौतीपूर्ण योगफलसम्म पुगेको हो।

१४औँ ओभरमा पटेल आउट भएपछि काठमाडौँको रनगति सुस्त बनेको थियो। १६औँ ओभरमा शेर मल्लले वार्नरलाई पेभेलियन फर्काएपछि लुम्बिनीका बलरहरू खेलमा हाबी भए। १७औँ ओभरमा अभिशेष गौतमले लगातार दुई बलमा कप्तान करण केसी (९ रन) र विलियम बोसिस्टो (०) लाई आउट गर्दै काठमाडौँको ब्याटिङ लाइनअप ध्वस्त पारे। त्यसपछि रसिद खान (१), जहान्दन खान (६), मोहम्मद आदिल आलम (१) र सन्तोष यादव (२) सस्तैमा समेटिए।

बलिङतर्फ लुम्बिनी लायन्सका अभिशेष गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले २–२ विकेट हात पारे। अभिशेषले ४ ओभरमा १५ रन र शेर मल्लले ४ ओभरमा १९ रन मात्र खर्चिँदै किफायती बलिङ गरे।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3