Menu

माथिल्लो त्रिशूली–१ मा थप ११ शव फेला

news-feed-2 |
September 19, 2026
Featured

रसुवा ३ अशोज । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन भएका व्यक्तिहरूको खोजीका क्रममा थप ११ वटा शव फेला परेका छन्।

 

असोज ३ गते आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलको जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा ती शवहरू फेला पारी बाहिर निकालेको नेपाली सेनाले जनाएको हो।

 

बाढीका कारण आयोजनास्थलबाट ठुलो संख्यामा मानिसहरू सम्पर्कविहीन भएका छन् । बेपत्ता अन्य व्यक्तिहरूको खोजी कार्य अझै जारी रहेको नेपाली सेनाले जानकारी दिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3