Menu

वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा सडक तथा फुटपाथमा लत्रिएका तार व्यवस्थापन सुरु

news-feed-2 |
September 19, 2026
Featured

३ असोज,वीरगञ्ज । वीरगञ्जको मुख्य सडक विस्तारका क्रममा विद्युतका पोलमा रहेका तारहरू टुटेर सडक तथा फुटपाथमा लत्रिँदा बढेको आवागमनको समस्या समाधान गर्न तार व्यवस्थापनको काम सुरु गरिएको छ।

सडक विस्तारका क्रममा विभिन्न स्थानमा विद्युतका तार अव्यवस्थित भएपछि पैदल यात्रु तथा स्थानीयवासीलाई जोखिम मोलेर हिँड्नुपर्ने अवस्था सिर्जना भएको थियो। समस्या समाधानका लागि वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाको विद्युत शाखाका इन्जिनियर राजीव उपाध्यायलाई सडक तथा फुटपाथमा लत्रिएका तार हटाउन निर्देशन दिएका थिए।

महानगरपालिकाको निर्देशनअनुसार शनिबार बिहानदेखि घण्टाघर चोकबाट सडक तथा फुटपाथमा लत्रिएका विद्युतका तार हटाउने काम सुरु गरिएको इन्जिनियर उपाध्यायले जानकारी दिए। उनका अनुसार सडक विस्तारका क्रममा प्रभावित भएका स्थानमा रहेका लत्रिएका तथा अव्यवस्थित तार हटाएर सर्वसाधारणको आवागमन सहज बनाउने काम भइरहेको छ।

‘सडक विस्तारका क्रममा प्रभावित भएका स्थानमा तारहरू लत्रिएका तथा अव्यवस्थित अवस्थामा थिए। ती तार हटाएर आवागमन सहज बनाउने काम भइरहेको छ,’ उपाध्यायले भने। सडक विस्तारसँगै विद्युतका तार व्यवस्थापनको कामसमेत अघि बढेपछि पैदल यात्रु तथा स्थानीयवासीले राहत महसुस गर्ने अपेक्षा गरिएको छ।

यो पढेर कस्तो महसूस भयो?

प्रतिक्रिया दिनुहोस्

Comments

देश $type=triple-post$count=3

अन्तर्राष्ट्रिय $type=triple-post$count=9

AD

स्वास्थ्य $type=triple-post$count=3

शिक्षा $type=triple-post$count=3

प्रविधि $type=triple-post$count=3