३ असोज, विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्साइमा गोली लागेर एक जना घाइते भएका छन् ।
शनिबार बेलुका अज्ञात समूहले चलाएको गोली लागेर स्थानीय निरज यादव घाइते भएको वडाध्यक्ष सूर्यनारायण पालले जानकारी दिए ।
प्रहरीका अनुसार उनको तिघ्रामा गोली लागेको छ ।
गोली लागेर गम्भीर घाइते उनलाई नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयका सुनसरीका डीएसपी चन्द्र खड्काका अनुसार गोली चलाउने समूहको पहिचान खुलेको छैन ।
गोली चलेपछि स्थानीय आक्रोशित भएका छन् । थप क्षति हुन नदिन प्रहरीले उच्च सतर्कता अपनाएको छ ।
Comments
Post a Comment