काभ्रे २१ कात्तिक ।
काभ्रेको पनौतीमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले छ जनालाई ठूलो रकम र तासबुकसहित नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी तथा डिएसपी रबिन बिष्टका अनुसार पनौती नगरपालिका–९, सुनथानस्थित सुरेश कुमार श्रेष्ठको घरमा जुवा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो। कात्तिक २१ गते करिब १२ बजे खटिएको प्रहरी टोलीले उनीहरूलाई कौडा र तासको खालबाटै नियन्त्रणमा लिएको हो।
प्रहरीले घटनास्थलबाट ३ बुक तास र नगद ३ लाख ४५ हजार रुपैयाँ बरामद गरेको छ।
पक्राउ पर्नेहरूमा घरधनी पनौती–९ का ४६ वर्षीय सुरेश कुमार श्रेष्ठ, सोही ठाउँका ४९ वर्षीय लक्ष्मण हुमागाईं, ३५ वर्षीय सुशील राई, ३३ वर्षीय चन्द्र कार्की, पनौती–५ का ५४ वर्षीय नातिराम केसी र भक्तपुर सूर्यविनायक–१ का ५५ वर्षीय मनोज बानियाँ रहेका छन्।
नियन्त्रणमा लिइएका सबै जनालाई हिरासतमा राखी मुलुकी अपराध संहिताअनुसार थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन इलाका प्रहरी कार्यालय बनेपामा राखिएको काभ्रे प्रहरीले जनाएको छ।
Comments
Post a Comment